समाज


हम्मरेडाँडाको रूखमा ठोक्किएको थियो सिम्रिकको हेलिकोप्टर

हम्मरेडाँडाको रूखमा ठोक्किएको थियो सिम्रिकको हेलिकोप्टर

नेपालखबर
बैशाख २२, २०८० शुक्रबार १५:४९, काठमाडौँ

संखुवासभाको भोटखोला–४ मा दुर्घटना भएको सिम्रिक एयरको हेलिकोप्टर रुखमा ठोक्किएर दुर्घटना भएको खुलेको छ। 

हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर सिप्ररुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर दुर्घटना भएको हो।

भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाका अनुसार हेलिकोप्टर शुक्रबार दिउँसो १ बजेर १० मिनेटमा दुर्घटनामा परेको थियो। 

संखुवासभा विमानस्थल प्रमुख भानु कोइरालाका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन। 

दुर्घटनामा गम्भीर घाइते भएकाहरूको उपचारका लागि नेपाली सेना र सिम्रिक एयरको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ। 

हेलिकप्टरका पाइलट सुरेन्द्र पौडेलको टाउकोमा चोट लागेको र उनी बोल्न सक्ने अवस्थामा रहेको जनाइएको छ। 

हेलिकप्टरले माटो, ढुंगा तथा कंक्रिटलगायतका सामान लिएर आएको माथिल्लो अरुण आयोजनाका वरिष्ठ सहायक गृष्म भण्डारीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .