महिलालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालतबाट चार वर्ष कैद सजाय पाएका उदयपुरको त्रियुगा नगरपालिका–७ का ४३ वर्षीय हरिनारायण सदालाई २१ वर्षपछि पक्राउ गरिएको छ।
सिरहाको लहानमा लुकीछिपी बस्दै आएका सदालाई यपुरबाट गएका सुरक्षाकर्मी प्रहरी सहायक निरीक्षक मदनकुमार श्रेष्ठ नेतृत्वको टोलीले पक्राउ गरेको हो। सदालाई जिल्ला कारागार चलान गरिएको जिल्ला अदालतका श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए।
सदा विसं २०५२ मा एक महिलालाई त्रियुगा नदीको पुलमा जबरजस्तीकरणी गरी फरार रहँदै आएका थिए। रासस

प्रतिक्रिया