विगत २४ घण्टाको अवधिमा विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ।
दुर्घटनामा अन्य ८७ जना घाइते भएका छन्।
यस अवधिमा मधेस प्रदेशमा सबैभन्दा बढी ३ जनाको सवारी दुर्घटनामा ज्यान गएको छ।
त्यसैगरी कोसीमा २, बागमती र लुम्बिनीमा १ १ जनाको सवारी दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।
यसअवधिमा मधेसमा २९, कोसीमा १८, बागमतीमा ७, काठमाडौँ उपत्यकामा २०, कर्णालीमा ४, सुदूरपश्चिममा २, लुम्बीनीमा ७ र मधेसमा २९ जना घाइत भएका छन्।
600
Shares

प्रतिक्रिया