राजनीति


नेपाल र युएइबीच मैत्री सम्बन्धलाई थप प्रगाढ बनाइने

नेपाल र युएइबीच मैत्री सम्बन्धलाई थप प्रगाढ बनाइने

नेपालखबर
भदौ २६, २०७६ बिहिबार १५:१९,

उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग आज नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत सइद हमदान अल नक्बीले शिष्टाचार भेट गरेका छन्।

भेटका अवसरमा दुई देशबीचको कूटनीतिक तथा आर्थिक सम्बन्धलाई थप विस्तार गरी द्विपक्षीय हितलाई प्रवद्र्धन गर्ने विभिन्न विषयमा छलफल भएको रक्षा मन्त्रालयका प्रवक्ता बाबुराम गौतमले जानकारी दिए।

सो अवसरमा रक्षामन्त्री पोखरेलले नेपाल र युएइबीच विगत ४० वर्षदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउँदै जानुपर्ने विचार व्यक्त गरे। उनले केही समयअघि नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको युएइको भ्रमणको स्मरण गर्दै यसबाट द्विपक्षीय सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्न सहयोग पुगेको बताए।

उनले राजनीतिक स्थायित्व भएको वर्तमान अवस्थामा नेपालले कृषि, जलविद्युत्, उद्योग, पर्यटन र पूर्वाधार विकासका क्षेत्रमा वैदेशिक लगानीको ढोका खोलेको हुँदा युएइका लगानीकर्तालाई नेपालमा ती क्षेत्रमा लगानी विस्तार गरी द्विपक्षीय आर्थिक सम्बन्धलाई थप मजबुत मनाउन आग्रह गरे। उनले दुई देशका सैनिकबीच संयुक्त अभ्यास, तालीमजस्ता कार्यक्रमका माध्यमबाट परस्परमा सहयोग आदानप्रदान गर्न सकिने धारणा राखे।

राजदूत नक्बीले आफ्नो कार्यकालमा नेपाल र आफ्नो देशबीच कूटनीतिक र आर्थिक सम्बन्धलाई अझ सुदृढ गरी द्विपक्षीय सम्बन्धलाई थप फलदायी बनाउन सक्दो पहल गर्ने बताए। उनले नेपाल र युएइबीच जनस्तरसम्म विस्तार भएको सम्बन्ध दुवै देशका लागि महत्वपूर्ण रहेको धारणा व्यक्त गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad