नेपाली कांग्रेसका सांसद तथा अर्बपति विनोद चौधरीले निजी क्षेत्रले अनेकौँ झन्झट ब्यहोरेर नेपाललाई उर्जामा आत्मनिर्भर बनाएको बताएका छन्।
नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै सांसद चौधरीले नेपालको निजी क्षेत्रले सरकारको साथ नपाउँदासमेत लगानी गरिरहेको बताए। ‘निजी क्षेत्रले लगानी नगरेको भए ऊर्जामा आत्मनिर्मर हुने अवस्था आउने थिएन,’ उनले भने।
निजी क्षेत्रको जतिसुकै खुट्टा तानेपनि निजी क्षेत्रले लगानी गरेको भन्दै उनले निजी क्षेत्रले अनेकौं झन्झट भोगेर भएपनि सिमेन्टमा समेत आत्मनिर्भर बनाएको उनले दाबी गरे।
सन् १९९२ यता नेपालमा निजी क्षेत्रको सक्रियता वृद्धि हुँदै गएको विषय उल्लेख गर्दै सांसद चौधरीले खुला अर्थतन्त्र र उदारीकरणका लागि पूर्वअर्थमन्त्री डा. रामशरण महत योजनाकारका रुपमा रहेको रहेको बताए।
चौधरीले दशकौंको उत्पीडनपछि देशमा आएको परिवर्तनले लगानीको वातावरण सिर्जना गरेको समेत बताए। यतिखेर नेपाललाई विश्वव्यापी रुपमा लगानी गरेर सहयोग गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।
अहिले देशको कुल गार्हस्थ उत्पादनमा निजी क्षेत्रको सहभागिता ३२ प्रतिशत पुगेको छ। हवाइ क्षेत्रमा आमुल परिवर्तन निजी क्षेत्रले गरेको उद्यमी चौधरीको भनाइ छ।
Shares

प्रतिक्रिया