समाज


रवि लामिछाने दोस्रो पटक अदालत पेस, छुट्न पनि सक्छन्

रवि लामिछाने दोस्रो पटक अदालत पेस, छुट्न पनि सक्छन्

नेपालखबर
भदौ ३, २०७६ मंगलबार ७:५७,

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका ‘सिधाकुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई मंगलबार जिल्ला अदालत चितवन पेस गरिएको छ।

चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लका अनुसार अनुसन्धानका लागि समय नपुगेकाले उनीहरुलाई थुनामै राखी पुर्पक्ष गरिपाऊ भनी अदालत लगिएको हो। अदालत पेस हुनेमा लामिछानेसहित पत्रकार युवराज कँडेल र रुकु भनिने अस्मिता कार्की समेत छन्।

जिल्ला अदालत चितवनका श्रेस्तेदार रुद्रमणि गिरीकाअनुसार अहिलेसम्म अनुसन्धानबाट खुलेका फाइलहरुसहित इजालसमा पेश गरिएको छ। ‘अहिलेसम्मको अनुसन्धान प्रतिवेदनसहित अदालतमा फाइल पेश भएको छ। कानुन व्यवसायी उपस्थिति भए बहस समेत हुनेछ। अन्यथा कानुनी प्रक्रियाअनुसार निर्णय हुनेछ’, उनले भने।

रवि लामिछानेको पक्षमा बहस गर्न काठमाडौंबाट कानुन व्यवसायी सुनिल पोखरेलसहितको एउटा टोली सोमबार नै चितवन पुगिसकेको छ। त्यसैले आज उनलाई छोड्नुपर्ने भन्ने बहस अदालतमा हुनेछ।

न्यायाधीशले थुनामुक्त गरी अनुसन्धान अघि बढाउन मनासिब ठानेको खण्डमा रवि लामिछानेसहित ३ जनै छुट्न पनि सक्छन्। प्रहरीले अहिलेसम्म जुटाएका तथ्य प्रमाण तथा कानुन व्यवसायीका तर्क सुनिसकेपछि न्यायाधीशले निर्णय दिनेछन्। तीन नम्बर इजालस अर्थात जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजालसले यो मुद्दा सुनुवाइ गर्नेछ।

प्रहरीले अनुसन्धान पूरा नभएकाले थुनामै राखी अनुसन्धान गर्न समय माग गरिरहेको छ। प्रहरीले उनीहरुलाई ५ दिन थुनामा राखी अनुसन्धान गर्न पाउँ भनी माग गरेको स्रोतले बतायो।

यसअघि सोमबार र मंगलबार बिहान गरी जिल्ला सरकारी वकिलको कार्यालयमा तीनै जनासँग बयान लिने काम भएको छ।

सोमबार बयानका क्रममा सरकारी वकिलसँग रविले आफूलाई आरोप लगाएर पुडासैनीले बोलेको भिडियो अहिलेसम्म नहेरेको बताएका छन् । उनले बयानका क्रममा आफूलाई गाली गरेको र आरोप लगाएको भन्ने अरूबाटै सुनेको तर भिडियो भने नहेरेको बताएका प्रहरी श्रोतले जनाएको छ।

पुडासैनीकी श्रीमतीले आइतबार प्रहरी परिसर टेकुमा किटानी जाहेरी दिएकी थिइन्।

पोस्टमार्टम रिपोर्टले झुन्डिएकै कारण पुडासैनीको मृत्यु भएको देखिएको छ। चितवन प्रहरीका अनुसार र पुडासैनीको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको पाइएको पोष्टमार्टम रिपोर्टले देखाएको छ।

पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा भएको आवाज उनकै भएको फरेन्सिक ल्याब परीक्षणबाट पुष्टि भइसकेको छ। प्रहरीले यसअघि नै उनको मोबाइल सञ्चालन भएयताका सबै डाटा रिकोभर गरिसकेको छ। पुडासैनी मृत्यु घटनाको अनुसन्धानकै लागि भनेर केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एसपी दीपक रेग्मी चितवन आएका छन् ।

प्रहरीले पुडासैनीको मृत्यु प्रकरण अनुसन्धानका लागि ३० साउन २०७६ मा काठमाडौंबाट नियन्त्रणमा लिएका उनीहरूलाइ पहिलो पटक ३१ साउनमा अदालत उपस्थित गराएको थियो। अदालतले ५ दिन थुन्न आदेश दिएको थियो।

 २०७६ भदौ १ गतेदेखि कार्यन्वयनमा आएको मुलुकी अपराध संहिताअनुसार आत्महत्या गर्न दुरुत्साहन गर्ने व्यक्ति पनि कसुरदार ठहरिन्छ। यही कानुनका आधारमा प्रहरीले रवि लामिछाने, युवराज कँडेल तथा अस्मिता पौडेललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

सम्बन्धित लिंक:

१. रवि लामिछाने पक्राउपछि हुनुपर्ने बहस के हो?

२. 

३. 

४. 

५. 

६. 

७.  

८. अस्मिताको भिडियो बयानः पूर्वप्रेमीजस्तै देखेर फेसबुक ‘फ्रेन्ड रिक्वेस्ट’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad