समाज


फिलिपिन्समा डेङ्गुको आतंक, आठ महिनामा ८ सयको मृत्यु

फिलिपिन्समा डेङ्गुको आतंक, आठ महिनामा ८ सयको मृत्यु

नेपालखबर
भदौ ३, २०७६ मंगलबार ७:५३,

विभागका अनुसार डेङ्गुकै कारण ८०७ जनाको मृत्यु भएको छ। विभागले यस वर्षको जनवरी १ देखि अगस्ट ३ सम्मको अवधिमा एक लाख ८८ हजार ५६२ जनामा डेङ्गु रोग भेटिएको विवरण संकलन गरेको छ।

सिन्ह्वाका अनुसार गत वर्षको यही अवधिमा ९३ हजार १४९ जना डेङ्गुका बिरामी फेला परेका थिए।

डेङ्गुका बिरामी दोब्बरले वृद्धि भएको फिलिपिन्समा सन् २०१८ को तुलनामा मृत्यु भएकाको संख्या पनि झण्डै दोब्बरले वृद्धि भएको छ। गत वर्ष ४९७ जनाको डेङ्गुकै कारण मृत्यु भएको थियो।

स्वास्थ्य सेवा विभागले फिलिपिन्सका मध्य र दक्षिणी क्षेत्रमा डेङ्गुको महामारी देखिएको जनाएको छ। विभागले डेङ्गुबाट बिरामी हुनेहरुमा सबैभन्दा बढी पाँचदेखि नौ वर्ष उमेरका बालबालिकामा देखिएको जनाएको छ।

यो उमेर समूहमा करिब २३ प्रतिशत बिरामी देखिएका छन्। स्वास्थ्य मन्त्रालयका उपसचिव एरिक डोमिङ्गोले डेङ्गुका बिरामीको संख्या निरन्तर वृद्धि भइरहेको जानकारी दिए।

उनले डेङ्गु रोग फैल्याउने लामखुट्टेको बासस्थान नष्ट गर्न र सफाईमा विशेष ध्यान दिन आग्रह गरेका छन्।

गत अगस्ट ६ मा फिलिपिन्स सरकारले डेङ्गुको महामारी देशव्यापी रहेको भन्दै संकटकाल घोषणा गरेको थियो। स्वास्थ्य सेवा विभागले वर्षादको मौसममा आगामी अक्टोबरसम्म लामखुट्टे धेरै बढ्ने भएकाले डेङ्गु फैलन सक्ने भन्दै थप सतर्कता अपनाउन सर्वसाधारणलाई आह्वान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad