समाज


राशिफल १२ असार: मिथुन सानातिना समस्यामा अल्झनुपर्ने, मिनलाई व्यापारबाट लाभ, तपाईँको दिन कस्तो?

राशिफल १२ असार: मिथुन सानातिना समस्यामा अल्झनुपर्ने, मिनलाई व्यापारबाट लाभ, तपाईँको दिन कस्तो?

ज्यो. मेनुका दाहाल
असार १२, २०८३ शुक्रबार ४:१०, काठमाडौँ

शुक्रबार, १२ असार २०८३ (२६ जुन २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ। व्यापारबाट सोचेजस्तै लाभ प्राप्त हुनेछ। स्वास्थ्यप्रति भने सजग रहनु पर्छ।

भाग्यशाली रङ पर्पल र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

वृष: स्थान परिवर्तनका विशेष योग देखिन्छन्। मिष्ठान्न भोजनको अवसर मिल्नेछ। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। सामाजिक र परोपकारका क्षेत्रमा लगानी गर्ने समय छ। श्रममूलक वा कृषि क्षेत्रका काममा मन जानेछ।

भाग्यशाली रङ खैरो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

मिथुन: सानातिना समस्यामा अल्झनुपर्नेछ र मनमा चञ्चलता बढ्नेछ। सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ। स्वास्थ्यमा समस्या आउन सक्छ। सेयर बजार तथा व्यापार व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला।

भाग्यशाली रङ घ्यू रङ र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ६८ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

कर्कट: कुनै समाचारले मनमा खुसियाली छाउला। धार्मिक तथा सामाजिक महत्त्वका क्षेत्रको भ्रमण हुन सक्छ। धार्मिक क्रियाकलाप तथा समाजसेवामा मन जानेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। रोकिएको घरायसी काममा उन्नति र प्रगतिको वातावरण बन्नेछ।

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४०, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

सिंह: ठिक समयमा सही निर्णय लिन सकिनेछ। महत्त्वपूर्ण कामको थालनी हुनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। स्वास्थ्य प्रतिकूल रहन सक्छ। ‘मेरो सोच नै मेरो शक्ति हो’ भन्ने विचार राख्नुहोला।

भाग्यशाली रङ गुलाबी र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

कन्या: रमाइलो यात्राको सम्भावना छ। रोकिएको धन हात पर्ला। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ रातो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

तुला: स्वास्थ्यमा समस्या आउन सक्छ। सहकर्मीबाट विरोध आउला। गरेका काममा ढिलासुस्ती हुनेछ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। यद्यपि, एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ।

भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४३, वैदेशिक कार्यमा ७७ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृश्चिक: पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। महत्त्वपूर्ण कामको थालनी हुनेछ।

भाग्यशाली रङ पर्पल र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु: स्थान परिवर्तनका विशेष योग देखिन्छन्। मिष्ठान्न भोजनको अवसर मिल्नेछ। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। परोपकारका क्षेत्रमा लगानी गर्ने समय छ। कृषिक्षेत्रका काममा मन जानेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

मकर: साथीभाइबाट धोका हुनसक्छ, सचेत रहनुहोला। आत्मबलमा कमी आउनेछ। अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ, तर वैदेशिक काम भने सफल रहनेछ। मनको शान्ति नै साँचो सफलता हो।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

कुम्भ: शुभ र नयाँ कार्यको चर्चा चल्नेछ। नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ। रमाइलो यात्राको योग छ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। विनाप्रतिस्पर्धा फाइदा हुने योग छ। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

मीन: परोपकार तथा पुण्य आर्जनमा संलग्न भइनेछ। प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ। सेयर बजारमा रुचि बढ्नेछ। व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ। स्वास्थ्यप्रति सजग रहनु पर्छ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शङ्करजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad