नेपाली सेनाले सञ्चालन गरेको ‘अपरेसन महाहण्ट’ अन्तर्गत हतियारसहित १० जनालाई पक्राउ गरेको छ।
बांके राष्ट्रिय निकुञ्जरमा संचालित ‘अपरेसन महाहण्ट–७’ मा खटिएको नेपाली सेना र निकुञ्ज कार्यालयका कर्मचारी सहितको संयुक्त टोलीले हतियार सहित निकुञ्ज ईलाकाभित्र हर्कत गरेको र अवैध जिवजन्तु चोरी शिकारी कार्यमा संलग्न रहेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो।
बुधबार सल्यानको कालिमाटी गाउँपालिका ३ बस्ने वर्ष ५९ का भिमबहादुर खनाललाई पक्राउ गरी थप सोधपुछ गर्ने क्रममा निकुञ्ज सिमावर्ती क्षेत्र वरपर बसोबास गर्ने उनीसहित थप९ जना व्यक्तिहरुलाई सेनाले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सल्यानको कालिमाटी गाउँपालिका–२ बराह बस्ने वर्ष ५० का रत्नग थापा मगर, कहिनेखोला बस्ने वर्ष ५२ का कृष्णबहादुर थापा, नयांबस्ती बस्ने वर्ष ५१ का सोमबहादुर खत्री, सोही स्थानका वर्ष ३२ का टेकबहादुर कुंवर, वर्ष २९ का कुमार थापा, वर्ष २२ का धनबहादुर थापा, टाटिके बस्ने वर्ष २६ का देवप्रसाद थापा र वर्ष ३९ का तिलक डांगी रहेका छन्।
निजहरुले गोठ तथा घर नजिकको झाडीहरुमा लुकाई छिपाई राखेको अवस्थामा बरामद भएको भरुवा बन्दुक नाल६ आवश्यक कारवाहीको लागि निकुञ्जा कार्यालयमा बुझाइएको छ।
‘अपरेशन महाहण्ट–७’अन्तर्गत भइरहेका सफल कारवाहीहरुले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरुमा संरक्षित जिवजन्तु र प्राकृतिक सम्पदाहरुको सुरक्षा थप प्रभावकारी भई चोरी शिकारीका घटनाहरु नियन्त्रणमा आउने विश्वास नेपाली सेनाले लिएको छ।

प्रतिक्रिया