पछिल्लो २४ घण्टामा नेपालमा ५३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टिभएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार जनाको पीसीआर परीक्षण गर्दा ५३४ जनामा संक्रमण देखिएको हो। संक्रमित मध्ये १९६ महिला र २३८ पुरुष छन्।
मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको जनाएको छ। यो सँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८ सय ५६ पुगेको छ।
यस्तै, आज ४४७ जना निको भएका छन्। यो सँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख ५२ अजार ३५९ पुगेको छ।
नेपालमा हालसम्म २ लाख ६० हजार ५९३ जना संक्रमित भइसकेका छन्।
आज देशभर ६ हजार ३७८ सक्रिय संक्रमित रहेका छन्।
21
Shares
प्रतिक्रिया