जोन्सनका पिता स्टेन्ली जोन्सनले आफूले फ्रान्सको नागरिकताका लागि आवेदन दिएको बताएका हुन्।
ब्रेक्जिटपछि पनि युरोपेली संघसँग सम्बन्ध कायम राख्नका लागि उनले फ्रान्सेली राहदानी र नागरिकतको लागि आवेदन दिने प्रक्रियामा रहेको बताएका छन्।
सन् २०१६ मा भएको जनमत संगह्रमा स्टेन्लीले ब्रेक्जिटको विपक्षमा भोट दिएका थिए। फ्रान्ससँग आफ्नो परिवारको भावनात्मक सम्बन्ध भएकाले आफूलाई फ्रान्सको माया लाग्ने उनको भनाइ छ।
‘यदी मैले सही तरिकाले बुझेभने म फ्रान्सेली हु्ँ। मेरो आमा फ्रान्समा जन्मिनु भएको थियो, मेरी हजुरआमा र हजुरआमाको हजुरबुबा पनि फ्रान्सकै हुनुहुन्थ्यो। अहिले मैले चालेको कदम मसँग पहिलै भएको कुराको पुनःदाबी हो र यसले मलाई खुशी तुल्याउँछ’ उनले फ्रान्सेली भाषामा भनेका छन्।
उनी भन्छन्,‘निश्चित रुपमा म जहिल्यै युरोपेली रहनेछु।’ स्टेन्ली ब्रेक्जिटको विपक्षमा हुँदा उनका छोरा प्रधानमन्त्री बोरिस जोन्सन भने ब्रेक्जिटको पक्षमा थिए। रोयटर्स
Shares
प्रतिक्रिया