ad ad

समाज


चोरीका दुई मोटरसाइकलसहित संलग्न पाँच जना पक्राउ

चोरीका दुई मोटरसाइकलसहित संलग्न पाँच जना पक्राउ

नेपालखबर
पुस १६, २०७७ बिहिबार १०:१८,

काठमाडौं उपत्यकामा मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ परेका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले तार्केश्‍वर–६, धर्मस्थलीबाट १ जना र काठमाडौंको म्हैपीबाट ४ जना गरी पाँच जनालाई पक्राउ गरेको हो।

धर्मस्थलीबाट नुवाकोटको काउले गाउँपालिका–५ घर भई हाल काभ्रेस्थली बस्ने वर्ष २२ को रमेश तामाङ्गलाई प्रदेश ३–०२,०१६ प ३८०४ नम्बरको रातो रंगको २०० सीसीको पल्सर मोटरसाइकलसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ।

उक्त नम्बरको मोटरसाइकल मिति गत कार्तिक २ गते खुमलटार ललितपुरबाट हराएको हुँदा खोज तलास गरि पाउँ भनि रोशन अधिकारीले निवेदन दिएका थिए। सो निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, सातदोबाटो ललितपुर पठाइएको महाशाखाले जनाएको छ।

त्यस्तै, काठमाडौ म्हैपीबाट जिल्ला नुवाकोट दुप्चेश्‍वर गाउँपालिका–५ घर भई हाल काठमाडौं झोर बस्ने वर्ष २२ को किरण लामा, सोही ठाउँ घर भइ गणेशथान बस्ने वर्ष २१ को क्षितिज तामाङ्ग, नुवाकोट सुर्यगडी गाउँपालिका–१ घर भई हाल जिल्ला मनमैजु बस्ने वर्ष २३ को दिपक तामाङ्ग र जिल्ला बारा करैया गाउँपालिका–४ घर भई हाल तार्केश्‍वर नगरपालिका–१० बस्ने वर्ष २३ को गंगा चौधरी पक्राउ गरिएको महाशाखाले जनाएको छ।

उनीहरूको साथबाट प्रदेश ३–०२–०१५ प ३६०४ नम्वरको कालो रंगको १५० सीसीको पल्सर मोटरसाइकल पक्राउ परेकोमा उक्त मोटरसाइकल वास्तविक नम्बर बा ९८ प ३९७६ रहेको अनुसन्धानबाट खुल्न आएको छ। उक्त नम्वरको मोटरसाइकल गत असार २१ गते जिल्ला तार्केश्‍वर नगरपालिका–५ गोल्ढुङ्गाबाट हराएको हुँदा खोज तलास गरि पाउँ भनि प्रविन ढुंगानाले हुलिया सहितको निवेदन महाशाखामा दिएका थिए।

उक्त निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बालाजु पठाइएको छ महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .