लामो समयपछि कम्युनिस्ट पार्टीका प्रमुख नेताहरू एउटै मञ्चमा बोल्ने भएका छन्।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजना हुन लागेको विचार गोष्ठीमा कम्युनिस्ट नेता बोल्ने भएका हुन्। मदन भण्डारी फाउन्डेसनले असार १४ गते विचार गोष्ठी आयोजना गरेको छ।
काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी आयोजना गरिएको छ।
यस विचार गोष्ठीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहेकी छन्। वक्तामा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल छन्। त्यस्तै, नेकपा नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव वक्ता रहेका छन्।
मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजना हुन लागेको कार्यक्रममा मदन भण्डारी राष्ट्रिय पुरस्कार पनि प्रदान गरिने भएको छ।

Shares

प्रतिक्रिया