ad ad

समाज


४२ घरधुरी रहेको डुडुवा वस्तीमा जम्मा दुई शौचालय, दुईवटा पानीका धारा

४२ घरधुरी रहेको डुडुवा वस्तीमा जम्मा दुई शौचालय, दुईवटा पानीका धारा

नेपालखबर
पुस ८, २०७७ बुधबार ८:५०,

बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ डुडुवा वस्तीमा पानी र शौचालयको अभाव हुँदा स्थानीयहरुले सास्ती भोग्दै आएका छन्। ४२ घरधुरी रहेको उक्त वस्तीमा दुई वटा पानीको धारा र दुई वटा शौचालय मात्रै रहेको छ। जसका कारण वस्तीका मानिसहरुको दैनिक जीवन नै कष्टपूर्ण बनेको छ।

बाँकको कोहलपुर नगरपालिका वडा नं. ११ डुडुवा वस्ती भुमिहीन व्यक्तिहरुको वस्ती हो। यो वस्तीमा बस्ने सबै मानिसहरु भुमिहीन छन् र उनीहरु दैनिक मजदुरी गरेर छाक टार्ने गर्छन्।

यो वस्तीमा ४२ घरधुरी रहेका छन्। तर सबै घरका लागि जम्मा २ वटा शौचालय र दुईवटा पानीको धारा छन्। उनीहरुका लागि हिँडने बाटो समेत छैन। जसले गर्दा डडुवाबासीको दैनिक जीवन नै कष्टपूर्ण बनेको छ।

शौचालय र पानीको समस्या अहिलेको होइन। यो समुदायका मानिसहरुमा आफै पानीको धारा र शौचालय बनाउने क्षमता पनि छैन। आर्थिक रुपले विपन्न यो वस्तीको समस्या समाधानमा अहिले सम्म कुनैपनि सरकारको ध्यान जान सकेको छैन। दिनभर काम गरेर साँझ खानुपर्ने यस वस्तीका मानिसहरुले कोरोना महामारी नियन्त्रणका लागि लकडाउन भएपछि झनै समस्या बेहोर्नु परेको छ।

डुडुवा बस्तीका मानिसहरु आफै सानो सानो झुप्रो बनाएर बसिरहेका छन्। तर आफै शौचालय र धारा निर्माण गर्न नसक्ने उनीहरुले पटकपटक समस्या समाधानका लागि नगरपालिका धाएका पनि छन्। तर नगरपालिकाले उपेक्षा गरेका कारण समस्या झेलेरै बस्न बाध्य भएको उनीहरु बताउँछन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .