ad ad

समाज


लन्डनबाट दोहा हुँदै नेपाल आएका १४ यात्रुलाई होटल क्वारेन्टिनमा राखिने

लन्डनबाट दोहा हुँदै नेपाल आएका १४ यात्रुलाई होटल क्वारेन्टिनमा राखिने

नेपालखबर
पुस ८, २०७७ बुधबार ८:४९,

कतारको दोहा हुँदै बेलायतको राजधानी लन्डनबाट नेपाल आएका १४ जना यात्रुलाई होटल क्वारेन्टिनमा राखिने भएको छ।

उनीहरु आज बिहान १०ः४५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए। नेपालले बेलायतमा पछिल्लो समय कोरोना भाइरसकै नयाँ रुप देखिएको भन्दै मंगलबार नै बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो।

कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले मंगलबार उक्त निर्णय गरेको थियो। सीसीएमसीले लन्डन ट्रान्जिट भएर आउनेलाई पनि नेपाल प्रवेशमा रोक लगाएको छ।

सोही क्रममा लन्डनबाट आएका १४ यात्रुलाई के गर्ने भन्ने अन्योल विमानस्थलमा देखिएपछि होटल क्वारेन्टिनमा राखिने भएको हो।

यसअघि उनीहरुले आफूहरुसँग पीसीआर रिपोर्ट भएको भनदै क्वारेन्टिनमा जान मानेका थिएनन्।

कतार एयरवेजबाट उनीहरु नेपाल अवतरण गरेका हुन्।

प्रहरीले समन्वय गरी क्वारेन्टिनमा राख्नलागेको महानगरीय प्रहरी कार्यालयका प्रमुख एआईजी हरि पालले नेपालखबरलाई जानकारी दिए।

प्रहरी, स्वास्थ्यकर्मीसहितको एयरपोर्टमा रहेको टोलीले उनीहरुसँग लामो छलफल गरेपछि उनीहरु होटल क्वारेन्टिनमा बस्न सहमत भएको उनले बताए।

सबै १४ जना अब एक हप्ता क्वारेन्टिनमा बस्नेछन्।

बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस फेला परेपछि युरोपकै देशहरुले हवाइ सम्पर्क विच्छेद गरिसकेका छन् भने छिमेकी देश भारतले पनि लन्डन उडान रद्द गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .