समाज


४० लाख रुपैयाँ बोकेर काठमाडौँ आउँदै गरेका गुप्ता नागढुंगाबाट पक्राउ

४० लाख रुपैयाँ बोकेर काठमाडौँ आउँदै गरेका गुप्ता नागढुंगाबाट पक्राउ

नेपालखबर
कात्तिक २१, २०७७ शुक्रबार ६:५९,

४० लाख रुपैयाँ साथमा  बोकेर काठमाडौं आउँदै गरेका एक यात्रु काठमाडौंको नागढुंगाबाट पक्राउ परेका छन्।

शुक्रबार बिहान बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख ८६५२ नम्बरको यात्रुबाहक बसमा सवार व्यास गुप्ता ४० लाख रुपैयाँसहित पक्राउ परेका हुन्।

नवलपरासी पश्चिम पाल्हीनन्दन गाउँपालिका २ का ४० वर्षीय गुप्ताको साथमा फेला परेको रकमको श्रोत नखुलेको प्रहरीले जनाएको छ।

गुप्ताले उक्त रकम झोला र कम्मरमा पेटीमा लुकाई ल्याएको प्रहरी जनाएको छ।

१ हजार दरका ४ हजार थानका नोट छन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad