कला


कोरोना संक्रमित कलाकार मनोज गजुरेलको आईसीयूमा उपचार हुँदै

कोरोना संक्रमित कलाकार मनोज गजुरेलको आईसीयूमा उपचार हुँदै

नेपालखबर
कात्तिक २१, २०७७ शुक्रबार ७:२९,

कोरोना संक्रमणपछि अस्पतालमा उपचाररत चर्चित हास्यकलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत गजुरेलको स्वास्थ्य अवस्था गम्भीर बनेपछि आईसीयूमा सारिएको छ।

कोरोना संक्रमण पुष्टि भएपछि १० दिनसम्म होम आइसोलेसनमा बसेका गजुरेललाई बुधबार अस्पताल भर्ना गरिएको थियो। बिहीबार उनलाई आईसीयूमा सारेर थप उपचार गरिरहेको अस्पताल स्राेतले जनाएकाे छ।

कलाकार गजुरेललाई यही कात्तिक १० गते कोरोना पुष्टि भएको थियो। उनले आफूलाई कोरोना संक्रमण भएको जनाकारी सामजिक सञ्जाल फेसबुकमार्फत दिएका थिए।

संक्रमणबाट बच्न सुरक्षाका सम्पूर्ण उपायहरू अपनाउँदा अपनाउँदै आफू कोरोना संक्रमित हुन पुगेको उनले बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad