काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप १ हजार ६९८ जनामा कोरोना संक्रमण देखिएको बताए।
प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा १ हजार ४६९ , भक्तपुरमा ९९ र ललितपुरमा १३० जनामा कोरोना पुष्टि भएको बताए।
प्रतिक्रिया