ad ad

समाज


थप २९ सय ४२ मा कोरोना पुष्टि, २३ सय २६ निको भए

थप २९ सय ४२ मा कोरोना पुष्टि, २३ सय २६ निको भए

नेपालखबर
कात्तिक २, २०७७ आइतबार १०:४२,

 नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप २ हजार ९४२ जनामा कोरोना संक्रमण देखिएको बताए।

उनका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ रहेको छ। त्यस्तै संस्थागत आइसोलेसनमा १२ हजार ९३३ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा थप १४ हजार ८७५ पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले जानकारी दिए।

त्यस्तै आज थप २ हजार ३२६ जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या ९२ हजार १६६ पुगेको छ।

यो कुल संक्रमितको ६९.७ प्रतिशत हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .