ad ad

समाज


अब कोरोना परीक्षण र संक्रमितको उपचार व्यक्तिकै खर्चमा

अब कोरोना परीक्षण र संक्रमितको उपचार व्यक्तिकै खर्चमा

नेपालखबर
कात्तिक २, २०७७ आइतबार ११:४,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण र उपचार सरकारले नभई सम्मबन्धित  व्यक्तिले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेको छ।

आइतबार बसेको स्वास्थ्य मन्त्रालयको बैठकले अति अपांगता, जेष्ठ नागरिक, सरसफाइकर्मी , सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अग्रपंक्तिमा खटिने कर्मचारीबाहेक अन्यले परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेको प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। 

मन्त्रालयको आइतबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले नेपाल सरकार मन्त्रिपरिषद्को असोज १९ को बैठक अनुसार उक्त निर्णय भएको जानकारी दिए।

उनले अति अपांगता, जेष्ठ नागरिक, सरसफाइकर्मी, सुरक्षाकर्मीमा लक्षण वा चिन्ह देखिएमा परीक्षण तथा उपचार निःशुल्क गरिने जानकारी दिए। उल्लेखित व्यक्तिले कोरोना बिमा गरेको भए परीक्षण तथा उपचार खर्च बिमाबाट गरिने निर्णय भएको उनले जनाकारी दिए।

‘आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपांगता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण वा चिन्ह देखिएका परीक्षण र उपचार निःशुल्क गरिने छ’, प्रवक्ता गौतमले भने, ‘उनीहरुले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट व्यहोरिने छ।’

अन्य सबै व्यक्तिको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको प्रवक्ता गौतमले बताए। उनले यो निर्णय आजै (कार्तिक २) बाटै लागू गर्ने निर्णय भएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .