समाज


बेलायत रहेका नेपालीहरुलाई असार १० र १२ गते उद्धार गरिने

बेलायत रहेका नेपालीहरुलाई असार १० र १२ गते उद्धार गरिने

कृष्णप्रसाद शर्मा
असार ५, २०७७ शुक्रबार ८:२५,

कोरोना भाइरसका कारण भएको बन्दाबन्दीले विदेशमा रोकिएका नेपालीमध्ये बेलायतमा बस्नेहरु पनि नेपाल फर्कन पाउने भएका छन्।

लन्डनस्थित नेपाली दूतावासका पहलमा गठित सूचना संकलन सहयोग समितिमार्फत बिहीबार दिइएको जानकारीअनुसार यही असार १० र १२ गते नेपालका लागि उडान भर्ने निश्चित भएको छ। उडान लण्डनको ग्याटविक विमानस्थलबाट जजिरा एरवेजमार्फत दुवै दिन अपराह्न ठीक २ः४५ मा गरिने दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरणले बताए।

दुई हप्ताअघि दूतावासले बेलायतबाट नेपाल फर्कन चाहने ४२० जनाको विवरण नेपाल पठाएको थियो।

पहिलो चार्टर्ड उडानको क्षमता केवल १५८ जनाको मात्र भएकाले दूतावासले पहिलो चरणमा लैजानेहरूलाई मात्र टिकट लिएर तयारी रहन भनी इमेल गरेको छ। दोस्रो चरणमा जानेहरूले केही दिनपछि मात्र टिकट लिन भनी सूचना पठाइएको दूतावासले बताएको छ।

यसरी फर्कने नेपालीलाई तयारी स्वरुप आफ्ना राहदानी तथा पीसीआर वा आरडीटी परीक्षण नेगेटिभ वा कोरोनाको लक्षण नभएको भनी स्वास्थकर्मीबाट प्रमाणित गरेको प्रमाणपत्र हुनुपर्ने भनिएको छ। त्यस्तै टिकटको रकम सम्पूर्ण करसहित ९२० पाउण्ड लाग्ने छ। नेपालबाट टिकट लिनका लागि सम्बन्धित व्यक्तिको सम्पर्क विवरण पनि उल्लेख गरिएको छ। रासस
–––

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad