पासपोर्ट नभएका तथा पर्यटक भिसाको अवधि सकिएपछि पनि नेपालमै बस्दै आएका २४ जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँको डल्लु र सितापाईला लगायतका क्षेत्रमा रहेका कपडा कारखानामा काम गर्दै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
विभिन्न समयमा नेपाल प्रवेश गरेका स्थायी परिचय खुल्ने कागजात, पासपोर्ट नरहेका तथा म्याद सकिएको पर्यटक भिसा लिइ गैरकानुनी रूपमा बस्दै आएका उनीहरूलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको परिसरले जनाएको छ।
उनीहरूलाई अध्यागमन विभाग कालीकास्थान पठाइएको छ।
120
Shares

प्रतिक्रिया