माछा मार्ने क्रममा फेवातालमा डुबेर एक जनाको मृत्यु भएको छ।
पोखरा महानगरपालिका–९, नयाँ बजार बस्ने ३४ वर्षीय शंकर नेपालीको आज (बुधबार) मृत्यु भएको हो।
सशस्त्र प्रहरीको गोताखोर टोलीले उनलाई अचेत अवस्थामा उद्धार गरेर अस्पताल पुर्याएको थियो।
उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिए पनि उनको साँझ करिब ७ बजे मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
18
Shares

प्रतिक्रिया