प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नपाएको चिकित्सकको उपाधिको प्रयोग गरी बिरामीको उपचारमा संलग्न रहेको भन्दै एक व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौँको साविक मातातिर्थ गाविस -७ बसोबास गर्ने वर्ष ४७ की चेतन ए.एम.(पौडेल) रहेकी छन्
चन्द्रागिरी-८ मा सञ्चालित स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्टमा कार्यरत पौडेलले नपाएको चिकित्सकको उपाधिको प्रयोग गर्नुका साथै नेपाल मेडिकल काउन्सिल दर्ता प्रमाणपत्र (एनएमसी नं) प्राप्त नगरी बिरामीहरुको आधुनिक चिकित्सा निदान उपचारमा संलग्न रहेको, बिरामीलाई औषधी सिफारिस गरिएको प्रेस्क्रिप्सन सहित फेला परेको सीआईबीले जनाएको छ।
नेपाल मेडिकल काउन्सिल बाँसबारीबाट नियमित गरिने अनुगमनको क्रममा पक्राउ परेकी उनलाई काठमाडौँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई मुलुकी अपराध संहिता, २०७४ को इलाज सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जनाइएको छ।
Shares

प्रतिक्रिया