समाज


गाउँपालिका अध्यक्ष भन्छन् : म कोरोना संक्रमित भएँ, अत्तिनु पर्दैन, सतर्क रहाैं

गाउँपालिका अध्यक्ष भन्छन् : म कोरोना संक्रमित भएँ, अत्तिनु पर्दैन, सतर्क रहाैं

नेपालखबर
जेठ १३, २०७७ मंगलबार १०:१३,

गुल्मी धुर्काेट गाउँपालिका अध्यक्षले आफू कोरोना संक्रमित भएको सार्वजनिकरुपमै जानकारी दिएका छन्।

तर, त्यसका कारण अत्तिनु नपर्ने र आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्।

अध्यक्षले प्रेस विज्ञप्ती जारी गर्दै गाउँपालिकाबासीलाई अत्तिहाल्नु नपर्ने तर सतर्कता अपनाउन भनेका छन्।

‘गुल्मीकै मदाने गाउँपालिकामा संक्रमण देखिएका कारण हामिले पनि १० गते गाउँपालिका भित्रका केही जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, चालक र स्थानीय प्रहरीको आरडीटी परीक्षण गरेका थियौं,’ उनले भनेका छन् ‘जसमा एकजना पदाधिकारीको रिपोर्ट पोजिटिभ देखिएपछी मेरो र पोजिटिभ देखिएका व्यक्तिको स्वाब संकलन गरी भैरहवा पठाइएकोमा स्वयं मेरो रिपोर्ट पोजिटिभ देखिएको छ।’ 

यस वीचमा आफू धुर्काेट गाउँपालिकाभन्दा बाहिर गुल्मी सदरमुकाम तम्घास गएको बताएका छन्।

उनले धुर्काेट गाउँपालिका कोरोना भाइरसबाट उच्चजोखिममा रहेको पुष्टि भएको बताउँदै आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको विज्ञप्तीमा उल्लेख गरेका छन्।

‘यो रोग समयमै पहिचान भएकोले केही हप्ता म एकान्तवास बस्नुपर्ने भएको छ,’ उनले भनेका छन् ‘मेरो एकान्तवास यस रोगका विरुद्ध लड्ने र समग धुर्काेट गाउँपालिकाको आगामी योजना र समृद्ध धुर्काेट निर्माणका लागि रहने छ।’

उनले आफ्नो सम्पर्कमा आएको व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ हुने हुँदा क्वारेन्टिनमा नै वस्नमा लागि अनुरोध गरेका छन्।

त्यस्तै धुर्काेट गाउँपालिका वडा नं ४ का अर्का संकमित भारतबाट आई पाञ्चायन माविको क्वरेन्टिनमा रहेका एक व्यक्तिको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको र उनी दीर्घरोगी समेत रहेको अध्यक्ष भुपाल पोखरेलले बताएका छन्।

धुर्काेट गाउँपालिका कोरोना भाइरसको उच्च जोखिममा रहेको हुँदा गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रबाट दिइने सम्पूर्ण सेवा अर्काे व्यवस्था नभए सम्मका लागि बन्द गरिएको छ भने गाउँपालिकाको केन्द्र बर्बाेट क्षेत्र देखि वडा नं ४ को भुवान सम्मको क्षेत्रलाई सिल गरिएको जानकारी दिएका छन्।

उनले गाउँपालीकाबासीलाई रोग फैलिन नदिनका लागि

सामाजिक दुरी अनिवार्य रुपमा कायम गरी पारिवारिक हिसावले कृषि कर्म गर्न अनुरोध गरेका छन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad