राजनीति


सहमहामन्त्रीमा रीमा र निशाको प्रतिस्पर्धा

सहमहामन्त्रीमा रीमा र निशाको प्रतिस्पर्धा

नेपालखबर
असार १२, २०८३ शुक्रबार १४:३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी चयनका लागि मतदान जारी छ। केहीबेर अघि भरतपुरको चितवन उद्योग संघको परिसरमा रहेको प्रदर्शनी केन्द्रमा पाँच पदाधिकारी छान्न मतदान सुरु भएको हो। 

उपसभापति, महामन्त्री र सहमहामन्त्रीगरी पाँच पदका लागि २२ जना उम्मेदवार मैदानमा छन्। त्यसमध्ये महिलातर्फ एक सहमहामन्त्रीको चुनावमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ। किनकि, चर्चित टेलिभिजन प्रस्तोता रीमा विश्वकर्मा र रास्वपाको स्थापनादेखि सांसद रहेकी निशा डाँगी एउटै पदमा प्रतिस्पर्धामा छन्। 

रास्वपाको विधान अनुसार सहमहामन्त्रीमा एक महिला निर्वाचित गर्ने व्यवस्था छ। सहमहामन्त्रीको लागि जुली यादव, जमुना शर्मा र कामिनीकुमारी चौधरी पनि उम्मेदवार छन्। तर, चर्चामा रीमा र निशा नै रहेको प्रतिनिधि बताउँछन्। 

यसैगरी पुरुषतर्फ दुई सहमहामन्त्री पदका लागि रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असीम शाह, अशोककुमार चौधरी, मिलन लिम्बू, पुकार बम, राजिव खत्री, विजय जैरू, हरि ढकाल र हिमेश पन्त प्रतिस्पर्धामा छन्। 

यस्तै, महिलातर्फ एक उपसभापतिमा सोविता गौतम र तोषिमा कार्की प्रतिस्पर्धामा छन्। अधिकांस प्रतिनिधि घर फर्किसकेकाले थोरैको उपस्थितिमा मतदान भइरहेको छ। 

रास्वपाको विधानअनुसार, ९९ जना प्रत्यक्ष निर्वाचित केन्द्रीय सदस्यबाट पदाधिकारीमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था छ। जसमा एक उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad