कोरोना भाइरसको लक्षणहरु देखिएपछि उनलाई अस्पताल भर्ना गरियो। उनमा कफ, ज्वरो र सास फेर्न गाह्रो हुने समस्था देखिएको थियो।
अस्पतालको बसाइमै उनी कोमामा गइन्। अचेत हुँदै उनले छोरा जन्माइन्। बच्चा कसरी जन्मियो, बच्चाको पहिलो रुवाई उनले अचेत भएकाले सुन्न पाइनन्।
हालै उनी अचेत अवस्थाबाट सामान्य अवस्थामा फर्किएकी छिन्। बच्चा जन्माएको पाँच हप्तापछि लिसिया होसमा आएकी हुन्।
पाँच हप्तापछि होसमा आउँदा उनले आफूले बच्चा पाएको थाहा पाइन्। र पहिलोपटक छोरालाई अंगाल्न पाउँदा उनी निकै खुशी छिन्।
गर्भवती साथसाथै कोरोना भाइरसको संक्रमणको पीडाका कारण उनी अचेत बनेकी थिइन्।
गाह्रो समयमा आफ्नो साथै बच्चाको ज्यान जोगाएकोमा लिसियाले चिकित्सकहरुलाई धन्यवाद दिएकी छिन्। एजेन्सी
3
Shares
प्रतिक्रिया