ad ad

राजनीति


प्रधानमन्त्रीले कमजोरी स्वीकार्ने र सच्चिने छाँटकाँट देखिएन : भट्टराई

प्रधानमन्त्रीले कमजोरी स्वीकार्ने र सच्चिने छाँटकाँट देखिएन : भट्टराई

नेपालखबर
जेठ ६, २०७७ मंगलबार १२:५२,

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले कमजोरी स्वीकार गर्ने र सच्चिने कुनै छाँटकाँट नदेखाएको बताएका छन्।

मंगलबार सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको प्रधानमन्त्रीले ओलीले जवाफ दिएपछि पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले प्रधानमनत्रीको तीन घण्टाको भाषणमा कोरोना, राष्ट्रियता, लोकतन्त्रका व्याख्यानमा अल्पज्ञान र अहंकारको ‘ककटेल’ देखिएको प्रतिक्रिया दिए। उनले प्रधानमन्त्रीको जवाफले लिपुलेक नक्साको ब्याज भजाएर अकंटक कुशासन चलाउने र देशलाई बर्बादीमा लैजाने बुझिएको बताए।

प्रधानमनत्री केपी शर्मा ओलीको ३ घण्टाको स्पष्टीकरण सुन्दा वहाँमा आफ्ना कमी कमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट देखिएन’, प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेको छन्, ‘कोरोना, राष्ट्रियता, लोकतन्त्रका व्याख्यान सुन्दा अल्पज्ञान र अहंकारको भयंकर ककटेल देखियो। लिपुलेक नक्साको ब्याज भजाएर अकंटक कुशासन चलाउने र देशलाई बर्बादीमा लैजाने बुझियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .