समाज


‘अफगानिस्तानको प्रसूति वार्डमा आक्रमणकारी आमाहरु मार्न आएका थिए’

‘अफगानिस्तानको प्रसूति वार्डमा आक्रमणकारी आमाहरु मार्न आएका थिए’

नेपालखबर
जेठ ४, २०७७ आइतबार ११:२,

२४ मध्ये दुई नवजात शिशु थिए। अन्य मृतक आमाहरु तथा नर्सहरु थिए।

बन्दुकधारीहरु सिधै दास्त–ई–बार्ची अस्पतालको प्रसूति वार्डमा नै प्रवेश गरेका थिए। त्यसपछि उनीहरुले अन्धाधुन्ध गोली प्रहार गरेका थिए।

केहीबेरमै उक्त अस्पतालमा कोलाहल मच्चिएको थियो।

प्रोग्राम्स फर मेडिसिन्स सान्स फ्रन्टियर्स अफगानिस्तानका प्रमुख फ्रेडरिक बोनाट भन्छन्,‘बन्दुकधारीहरुले सिधै प्रसूति वार्डमा प्रवेश गरेर गोली हानेका थिए। यो सुनियोजित देखिन्छ।’

‘उनीहरु आमाहरु मार्न आएका थिए’ बोनाट भन्छन्।

Blood smeared on the floor of the hospital near some cribs

जब बन्दुकधारी प्रसूति वार्डमा प्रवेश गरेका थिए त्यसबेला २६ आमाहरु त्यहाँ थिए।

आक्रमणको समयमा दश आमा भाग्न सफल भए तर १६ आमाको मृत्यु भयो।

अस्पतालको दृश्य युद्ध मैदानजस्तै भएको प्रत्यक्षदर्शीहरु बताउँछन्। प्रहरीको भेषमा आएका तीन व्यक्तिले पहिले ग्रिनेट आक्रमण गर्दै अन्धाधुन्ध गोली हानेका थिए।

विद्रोही समूह तालिबानसँग सरकार शान्ति प्रक्रियामा रहेको बेलामा अस्पतालमा आक्रमण भएको हो। यस आक्रमणको जिम्मा हालसम्म कसैले लिएको छैन।

आक्रमण गराइनुको उद्देश्य पनि हालसम्म पत्ता लागेको छैन। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad