समाज


सुनकोशीले बगाएर दुई बेपत्ता, महाकालीमा हाम फालेर महिला हराइन्

सुनकोशीले बगाएर दुई बेपत्ता, महाकालीमा हाम फालेर महिला हराइन्

नेपालखबर
जेठ ४, २०७७ आइतबार १०:५५,

सिन्धुलीमा सुनकोशी नदीले बगाउँदा दुईजना बेपित्ता भएका छन्। नदीमा पौडी खेल्ने क्रममा नदीले बगाउँदा दुई युवा बेपत्ता भएका हुन्। आज नदीमा पौडी खेल्न जाने क्रममा जिल्लाको फिक्कल गाउँपालिका–४ कुइभिरबाट दुईजनालाई सुनकोशी नदीले बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।

उनका अनुसार पौडी खेल्ने क्रममा सुर्खेत पञ्चकोटी नगरपालिका–७ घर भई हाल फिक्कल गाउँपालिका–४ खाङसाङमा काठको मिस्त्री काम गर्ने १९ वर्षीय दिनेश बुढाक्षेत्री र २० वर्षीय जनक बुढाक्षेत्रीलाई सुनकोशी नदीले बगाई बेपत्ता बनाएको हो। प्रहरीलाई सुनकोशी नदीले मानिस बगाएको भन्ने जानकारी आउनेबित्तिकै प्रहरी चौकी खाङसाङबाट प्रहरी टोली उद्धारका लागि परिचालन गरिएको उनको भनाइ छ। बेपत्ताको खोजी कार्यका लागि सातजना प्रहरी र स्थानीयवासीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

 महाकालीमा एक महिला बेपत्ता
यता, महाकाली नदीमा हाम फालेर दार्चुलामा एक महिला बेपत्ता भएका छन्। आइतबार मध्याह्न महाकाली नगरपालिका–७ धाप थालीगाडमा ३१ वर्षीया कुश्मा थापा नदीमा हामफालेर बेपत्ता भएकी छन्। हामफालेको छेउमा मोबाइल मात्रै भेटिएको छ। महिलाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए। हामफालेको कारण भने खुल्न सकेको छैन।

हामफालेको खबरलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी महाकाली नदीमा महिला खोज्न जुटेपनि भेट्टाउन नसकिएको जोशीले बताए। थापाको खोजीकार्य गर्न प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, जिल्ला प्रहरी प्रमुख पदमबहादुर विष्ट, सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बरबहादुर विष्टलगायतको टोलीसमेत खटिएको थियो।

यस्तै दत्तु, जौलजीविबाट लालीसम्मका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई समेत नदी किनारमा परिचालन गरिएको भए पनि महिला फेला पार्न सकिएको छैन। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बन्दाबन्दीको समयमा जिल्लामा नदीमा बगेर मृत्यु भएको यो दोस्रो घटना हो। बन्दाबन्दीको समयमा जिल्लामा दुई दर्जन विभिन्न प्रकृतिका घटना घटेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad