ad ad

समाज


कोरोना निको भयो भनेर घर पठाइएका रौतहटका युवकलाई फेरि ल्याइयो अस्पताल

कोरोना निको भयो भनेर घर पठाइएका रौतहटका युवकलाई फेरि ल्याइयो अस्पताल

नेपालखबर
बैशाख २१, २०७७ आइतबार ९:४९,

कारोना संक्रमण निको भयो भनी घर पठाइएको सात दिनपछि रौतहटका एक युवकलाई सोही रोगको आशंकामा फेरि नारायणी अस्पताल ल्याइएको छ।

कोरोना संक्रमण पुष्टि भएपछि यसअघि नारायणी अस्पतालमै १२ दिनसम्म उपचार गरी निको भयो भनी घर पठाइएका रौतहटको इशानाथ नगरपालिका-८ का १९ वर्षीय युवकलाई फेरि सोही संक्रमण बाँकी नै रहेको भन्दै शनिबार राति आइसोलेसनमा भर्ना गरिएको हो।

"उहाँ कोरोना संक्रमित भएर निको भएका रौतहटका १९ वर्षीय युवा हाे," नेपालखबरसँग नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरीटेडेन्ड डा. मदन उपाध्यायले भने, "हामीसँग नियमित सम्पर्कमा हुनुहुन्थ्यो, तर, एक्कासी स्वास्थ्यमा केही समस्या देखिएपछि आइसोलेसनमा राखेर उपचार गरिरहेका छौं।’

उनको सबै रिपोर्ट आइसकेपछि मात्रै धेरै कुरा प्रष्ट हुने डा. उपाध्यायले बताए।

यसअघि वैशाख २ गते अस्पताल भर्ना गरिएका उनको पीसीआर परीक्षणको तेस्रो, चौथो र पाचौं रिपोर्ट नेगेटिभ आएको भन्दै वैशाख १४ गते डिस्जार्च गरी घर पठाइएको थियो।

तर घर पठाएको ७ दिनमै फेरि उनलाई शनिबार राति फेरि नारायणी अस्पतालको आइसोलेसन वार्डमा राखिएको हो। 

घर गएको तीन दिनपछि गत बुधबार नारायणी अस्पतालबाट घरमा पुगेका ३ स्वास्थ्यकर्मी खकार, सिगान र रगतको नमुना संकलन गरी फर्किएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .