ad ad

अटो


बेनेली बाइकको ‘लक इट डाउन’ अफर, कुन अप्सनमा के उपहार?

बेनेली बाइकको ‘लक इट डाउन’ अफर, कुन अप्सनमा के उपहार?

नेपालखबर
बैशाख २१, २०७७ आइतबार ९:४४,

बेनेली बाइकले लकडाउनको समयमा ग्राहकहरुमाझ ‘लक इट डाउन’ अफर ल्याएको छ। नेपालका लागि बेनेली बाइकको आधिकारिक वितरक केटीएम इन्टरनेशनलले सो अफर ल्याएको हो।

सो अफरमा तीन प्रकारका अप्सन छन्। बेनेली बाइक किन्ने ग्राहकले त्यसमध्ये एउटा अप्सन छान्न सक्नेछन्।

पहिलो अफर ८ हजार क्यास डिस्काउन्ट, दोस्रो अफरअन्तर्गत ज्याकेट, हेलमेट, ग्लोभ्सलगायतका बेनेली सेफ्टी गियर र तेस्रो अफरमा १ वर्षको फ्रि सर्भिसिङ प्राप्त गर्न सकिनेछ। यसअन्तर्गत इन्जिन आयल र आयल फिल्टर समेत फ्रि हुनेछ।

बेनेली खरिद गर्ने ग्राहकले तीनवटा अप्सनमध्ये एक अफरलाई लक गर्न पाउनेछन्। कम्पनीले उक्त अफर बेनेलीको टीएनटी १५ र १५०आई बाइकमा मात्र लागू हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .