ad ad

राजनीति


स्वतन्त्र प्रेसलाई सत्ताले रुचाउँदैन : अध्यक्ष लोहनी

स्वतन्त्र प्रेसलाई सत्ताले रुचाउँदैन : अध्यक्ष लोहनी

नेपालखबर
बैशाख २१, २०७७ आइतबार ९:५३,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रजातन्त्र सुढृद राख्न नेपाली प्रेस जगत भ्रष्टाचार र अराजकताको विरुद्धमा खरो उत्रने परम्परा कायम राख्नु पर्ने बताएका छन् ।

‘सरकारी कमजोरी, अराजकता तथा भ्रष्टाचारको विरुद्ध उत्रने शक्तिको रुपमा नेपाली प्रेस आज देखापरेको छ। यो परम्परा नेपाली प्रेसले कायम गर्न सकोस्,’ अध्यक्ष लोहनीले आइतबार भने।

प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भने, ‘निष्पक्षता र यथार्थताको मापदण्ड भित्र रहेर नेपाली जनताको कथा, व्यथा, पीडा र उपलब्धिलाई सधै उजागर गर्न सकोस् भनी विश्व प्रेस दिवसको अवसरमा शुभकामना व्यक्त गर्दछु।’

प्रजातन्त्रमा आस्था र विश्वास राख्ने सबैको लागि विश्व प्रेस स्वतन्त्रता दिवस महत्वपूर्ण रहेको भन्दै लोहनीले भने, ‘स्वतन्त्र प्रेसलाई साधारणतय सत्तामा बस्नेले रुचाउदैनन्। तर सत्ता र जनता बीचको सम्बन्ध बिग्रन नदिन, राज्यलाई जनताप्रति उत्तरदायी बनाउन प्रेसको स्वतन्त्रता अपरिहार्य हुन आउछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .