समाज


काठमाडौंमा ज्ञवाली, महाशाखामा थापाको सरुवा

काठमाडौंमा ज्ञवाली, महाशाखामा थापाको सरुवा

नेपालखबर
बैशाख १२, २०७७ शुक्रबार १२:८,

काठमाडौँ प्रहरी परिसरको प्रमुखमा वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) श्याम ज्ञवाली र अपराध महाशाखामा दीपक थापाको सरुवा भएको छ। गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयको सिफारिस अनुसार ज्ञवालीलाई काठमाडौं र थापालाई महाशाखा प्रमुखको जिम्मेवारी दिएको हो।

दुवै प्रहरी कार्यालयका प्रमुख डीआईजीमा बढुवा भएपछि रिक्त भएको थियो। सहकुल थापा र उत्तम सुवेदी गतसाता डीआईजीमा बढुवा भएका थिए। रिक्त भएपनि प्रधानमन्त्री र गृहमन्त्रालयको बीचमा कुरा मिल्न नसक्दा सरुवामा ढिलाई भएको हो। तर गृहले प्रधान कार्यलयको सिफारिस अनुसार नै सरुवा गरेको हो।

१५ महिना अघि ज्ञवाली र थापा एसएसपीमा बढुवा भएका हुन्। यसअघि थापा प्रधान कार्यालय र ज्ञवाली महानगरीय प्रहरी कार्यालयमा कार्यरत थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad