राजनीति


प्रधानमन्त्रीलाई देउवाको सुझाब : कोरोनाविरुद्धको लडाइँका बेला कुनै विवादास्पद कुरा नल्याउनुहोस्

प्रधानमन्त्रीलाई देउवाको सुझाब : कोरोनाविरुद्धको लडाइँका बेला कुनै विवादास्पद कुरा नल्याउनुहोस्

नेपालखबर
बैशाख १२, २०७७ शुक्रबार १२:२०,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यादेश फिर्ता लिएर अध्यादेश फिर्ता लिएर गल्ती सच्याएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन्।

शुक्रबार दिउँसो प्रधानमन्त्री निवासमा बालुवाटारमा भएको भेटवार्तामा सभापति देउवाले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिएका हुन्।

भेटमा सभापति देउवाले समाजवादी पार्टीका सांसदलाई अपहरणको शैलीमा काठमाडौँ ल्याउनेलाई कारबाही गर्न माग उठेको भन्दै आफ्नो पनि त्यही माग रहेको बताएको भेटपछि कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘दुवै अध्यादेश फिर्ता लिएर गल्ती सच्याउनु भयो, त्यसका लागि धन्यवाद छ’, भेटमा देउवाले प्रधानमन्त्री ओलीलाई भनेको भनाइ उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘तर, एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कारबाही गर्नुपर्ने माग देशभरी उठेको छ। मेरो माग यही छ। देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कारबाही हुनुपर्छ।’ सभापति देउवाले कोरोनाको जोखिमसँग लडिरहँदा अब विवादका कुनै कुरा नल्याउनसमेत सुझाब दिएका थिए।

सभापति देउवाले कोरोना भाइर (कोभिड १९)को रोकथाम तथा नियन्त्रणका लागि व्यापक परीक्षण अहिलेको आवश्यकता भएको उल्लेख गर्दै समुदाय स्तरमा व्यापक परीक्षण गर्न ढिलो नगर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

सभापति देउवाले विदेशमा रहेका नेपाली अप्ठ्यारोमा परेको भन्दै उद्धार गर्ने बारे तत्काल योजना सार्वजनिक गर्न र कार्यान्वयन थाल्न आग्रह गरेका थिए।

सभापति देउवाले कोरोनाको उपचारमा संलग्न स्वास्थकर्मीहरुलाई पीपीई लगायतका सामग्री नपुगको भन्दै यथाशीघ्र पुर्‍याउन माग गरेका छन्। स्वास्थकर्मीलाई हतोत्साहित गर्ने काम तत्काल रोक्न समेत उनले माग गरे।

उनले श्रमिकलाई उचित खानपानको वासको व्यवस्था गर्न र नसेका गाउँ जाने वातावरण मिलाईदिन आग्रह गरे।

No photo description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad