समाज


मर्चवारी गाउँपालिका-३ का वडाअध्यक्ष यादव घुससहित पक्राउ

मर्चवारी गाउँपालिका-३ का वडाअध्यक्ष यादव घुससहित पक्राउ

नेपालखबर
असार २३, २०८२ सोमबार २०:४५, काठमाडौँ

रुपन्देही जिल्लाको मर्चवारी गाउँपालिका वडा नं. ३ का वडाअध्यक्ष जनार्दन यादवले घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाअध्यक्ष यादवले तीन लाख रुपैयाँसहित पक्राउ गरेको जनाएको छ।

वडामा विभिन्न योजनाहरूको निर्माण कार्य सम्पन्न पश्चात भुक्तानी सिफारिस गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग मोलमोलाई गरी सो रकम माग गरेको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार यादवले उक्त घुस रकम जिल्ला रुपन्देही, सिद्धार्थनगर नगरपालिका वडा नं. ९ स्थित श्री गणेश ट्रेडिङ्गका संचालक विपिन कुमार पाण्डेयलाई लिन लगाएका थिए। 

पाण्डेयले रकम लिइसकेको अवस्थामा आयोगको टोलीले वडाअध्यक्ष यादव र पाण्डेयलाई तीन लाख रुपैयाँ घुस रकमसहित आज (असार २३ गते) नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad