काठमाडौँको मित्रपार्क-गौरीघाट सडक खण्डमा प्रहरीले सवारी साधन सञ्चालनमा रोक लगाएका छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सूचना जारी गर्दै मित्रपार्कबाट गौरीघाट हुँदै करिडोर भएर चल्ने सवारी साधनलाई वैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरेको हो।
मित्रपार्कबाट गौरीघाट सडकमा ढलानको काम भइरहेकाले वैकल्पिक सडक प्रयोग गर्न महानगरीय ट्राफिक प्रहरीले आग्रह गरेको छ।
करिडोर भएर चल्ने सवारी सानलाई दिव्य पार्टी प्यालेस अगाडि मित्रपार्कबाट डाइभर्सन गरेर चल्न महाशाखाले आग्रह गरेको हो।
उक्त डाइभर्सनको कारण गौशाला, जयवागेश्वरी, मित्रपार्क, चाबहिल, गोपीकृष्ण पुल, चच्चेपाटी सडक खण्डमा अहिले सवारी चाप बढेको छ।
त्यो रुट भएर चल्ने सवारी साधनलाई पनि प्रहरीले वैकल्पिक रुट प्रयोग गर्न आग्रह गरेको छ।

1.8k
Shares

प्रतिक्रिया