राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नै कमजोरी लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण भइरहेको बताएका छन्।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अहिले पनि संसद् जसरी चल्नुपर्ने हो, त्यसरी चल्न नसकेको बताए। सत्ता र शक्तिमा भएकाहरूको इशारामा गोटी बनेर हिँड्दा दिनप्रतिदिन इज्जत क्षय भएर जाने केसीको भनाइ छ।
‘नयाँ पिँढीलाई दुई वटा रोग छ, यहाँ केही हुन्न,’ उनले भने, ‘लाखौँ लाख बेचेकै छौँ त हामीले। पैसा लिनी अनि भेडा बाख्रा जस्तो लेनदेन नभए पनि हामीले बेचेकै त हो। यस्तो शिक्षा प्रणालीले देश बन्छ?’
केसीले भने, ‘यो संघीयताको कारणले कतै देश अन्तै विलीन हुन्छ कि भनेर म पनि डराउँथे। आज उहाँको मुखबाट फ्याट्ट आइहाल्यो। मैले भनेको थियो, यो संघीय प्रणाली नेपालको प्रगतिको लागि, नेपाली जनताको उन्नतिको लागि ल्याइएकै होइन। अहिले पनि संसद् हामीले जसरी चलाइरहेका छौँ, यस्तै गरेर संसद् टिक्छ?’
उनले सत्ता, शक्ति र सम्पत्तिको पछि लाग्दै जानु राष्ट्रको लागि दुर्दशा भएको बताए।
Shares

प्रतिक्रिया