समाज


जनकपुरमा पनि सुरु भयो कोरोना परीक्षण

जनकपुरमा पनि सुरु भयो कोरोना परीक्षण

शैलेन्द्र महतो
चैत २१, २०७६ शुक्रबार ४:२२,

प्रदेश २ मा पनि कोरोना भाइरस संक्रमण आशंका गरिएका बिरामीको नमुना परीक्षण सुरु भएको छ।

प्रादेशिक अस्पताल जकपुरमा नमुना परीक्षण ल्याब शुक्रबार बिहान संचालनमा आएपछि नमुना परीक्षणको काम जनकपुरबाटै सुरु भएको हो।

आज (शुक्रबार) देखि दैनिक १० जनाम्मको नमुना परीक्षण गरिने प्रादेशिक प्रयोगशाला प्रदेश २ का प्रमुख युगलकिशोर यादवले जानकारी दिए। ‘एक घण्टामा एकजनाको स्वाब परीक्षण हुन्छ। त्यस हिँसाबले दैनिक १० जनासम्मको नमुना परीक्षण गरी रिपोर्ट तयार हुन्छ,’ उनले भने।

कोभिड–१९ को नमुना परीक्षण गर्ने प्रयोगशाला प्रदेश २ मा संचालन भएको यो पहिलो पटक हो। संघीय सरकारले प्रयोगशालाको उपकरण पठाएपछि बुधबारदेखि नै जडान सुरु गरिएको थियो।

प्रादेशिक अस्पतालको ओपीडी वार्डको दोश्रो तल्लामा जडान गरिएको यो प्रयोगशाला शुक्रबार बिहानदेखि संचालनमा आएको हो।

प्रदेश २ का आठवटै जिल्लामा अहिले कोरोना संक्रमणको शंकास्पद १५ जना बिरामी आइसोलेशन वार्डमा भर्ना भएका छन्। उनीहरुको स्वास्थ्य परीक्षणको लागि नमुना संकलन र परीक्षण सुरु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ अधिकृत विजय झाले नेपालखबरलाई जानारी दिए।

उनका अनुसार बिहीबारसम्म प्रदेश २ बाट ३४ जना शंकास्पद बिरामीको स्वाब परीक्षणको लागि काठमाडौंको टेकु स्थित राष्ट्रिय स्वास्थ्य प्रयोगशालामा पठाइएकोमा हालसमम ११ जनाको रिपोर्ट आएको छ।

अहिलेसम्म ११ जनाकै रिपोर्ट निगेटिभ आएको छ। २३ जनाको रिपोर्ट आउन बाँकी रहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad