समाज


भारतीय प्रधानमन्त्रीको आह्वानः आइतबार बेलुका ९ बजे ९ मिनेट मैनबत्ती बालौं

भारतीय प्रधानमन्त्रीको आह्वानः आइतबार बेलुका ९ बजे ९ मिनेट मैनबत्ती बालौं

नेपालखबर
चैत २१, २०७६ शुक्रबार ४:१७,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउने आइतबार बेलुका ९ बजे देशभर सबैजनालाई एकैसाथ बिजुली बत्ती निभाएर मैनबत्ती, दियो वा मोवाइलको फ्ल्यास लाइट बाली घरको ढोका वा बालकोनीमा ९ मिनेटसम्म टाढाटाढा उभिन अनुरोध गरेका छन्।

शुक्रबार बिहान देशवासीका नाममा सम्बोधन गर्दै उनले यो आग्रह गरेका छन्।

कोरोना भाइरसको संक्रमण विरुद्धको लडाईमा सबै एकजुट हुनुपर्ने आवश्यकता रहेको बताउँदै, मोदीले यसलाई सबैको ऐक्यवद्धताको रुपमा अर्थ्याएका छन्।

‘यसको एउटै उद्देश्य हो– हामी सबै एकसाथ लडिरहेका छौं,’ उनले भनेका छन्। ‘१३० करोड देशवासीको संकल्पलाई थप नयाँ उचाईमा लैजानका लागि यो गर्नुछ।’

उनले यो बेला हरेक व्यक्ति टाढा रहेर दूरी कायम गर्ने अनुशासनलाई कुनै हालतमा उल्लंघन नगर्न अनुरोध गरेका छन्।

भारतमा काेराेना संक्रमित र त्यसका कारण मृत्यु हुनेकाे संख्या निरन्तर बढिरहेका कारण ठूलाे जनसंख्या रहेकाे साे मुलुकमा यसले ठूलाे महामारीकाे रुप लिने हाे कि भन्ने सन्त्रास कायम छ।

अहिलेसम्म काेराेनाबाट भारतभर झन्डै १ हजार ८०० स‌ंक्रमित भएकाे र ५० जनाभन्दा बढिकाे ज्यान गइसकेकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad