बुधबारदेखि भारत २१ दिनसम्म लकडाउन गरिएको छ। यसबीचमा विदेशी पर्यटकहरुलाई होटल क्वारेन्टिनमा राखिएको छ।
चीन बस्दै आएकी अमेरिकी नागरिक २६ वर्षकी इरिन भेथ हाल भारत राजस्थानमा छिन्।
उनलाई गत शनिबार होटलले स्वास्थ्य परीक्षण नगरे बस्न नदिने भन्यो। त्यसैले उनी अन्यै विदेशीहरुसँगै भीडमा स्वास्थ्य परीक्षण गराउन लाइन लागिन्।
उनलाई होटलमा बस्न अनुमति दिइयो। तर अर्को दिन उनीसँगै अन्य विदेशी नागरिकको हातमा स्ट्याम्प लगाइयो। जहाँ ‘होम क्वारेन्टिन’ भनेर लेखिएको छ।
हाल इरिन भेथसँगै अन्य विदेशी पर्यटकहरुलाई होटलहरुमै क्वारेन्टिनमा राखिएको छ। खाना सीमित मात्र किनेर खान दिइन्छ। भारतमा खानाको मूल्य बढ्दै गएको इरिनको भनाइ छ।
भारतले केही हप्तायता विदेशी पर्यटकको आवगमनमा प्रतिबन्ध लगाएको छ। भारतले कुनै उडानलाई अनुमति दिएको छैन। आफ्ना नागरिक भने उसले बाहिरी देशबाट फर्काइरहेको छ। सीएनएन


प्रतिक्रिया