राजनीति


लामाको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

लामाको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

नेपालखबर
चैत १४, २०७६ शुक्रबार १०:१४,

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका महासमिति सदस्य गजेन्द्रकुमार लामाको निधनप्रति दुःख व्यक्त गरेका छन्।

कांग्रेस महासमिति सदस्य एवं वरिष्ठ समाजसेवी लामाको उपचारका क्रममा बिहीबार भारतको मेदान्त अस्पतालमा निधन भएको हो।

सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत उनको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

साथै सभापति देउवाले स्व लामाले मुलुकको प्रजातान्त्रिक आन्दोलन र पार्टी सङ्गठनमा पु¥याएको योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad