समाज


कोरोना रोकथामबारे मुख्यमन्त्रीहरुसँग उपप्रधानमन्त्रीको भिडियो कुराकानी

कोरोना रोकथामबारे मुख्यमन्त्रीहरुसँग उपप्रधानमन्त्रीको भिडियो कुराकानी

नेपालखबर
चैत १४, २०७६ शुक्रबार ९:५७,

कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रदेश सरकारहरुले चालेका कदमबारेमा भिडिओ कन्फरेन्समार्फत् जानकारी लिएका छन्।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा रहेको ‘भिडिओ कन्फ्रेन्स रूम’बाट पोखरेलले सातै प्रदेशका मूख्यमन्त्रीसँग छलफल गरेको उनको सचिवालयले जनाएको छ।

सो समितिको निर्णय, नीति तथा कार्यक्रमका बारेमा मुख्यमन्त्रीहरुलाई जानकारी गराउने र प्रदेशहरुको अवस्था तथा समस्याका बारेमा जानकारी लिनका लागि छलफल आयोजना गरेको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ।

उच्चस्तरीय समन्वय समितिको बैठक आजै बेलुका ५ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बस्दैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad