ad ad

समाज


यात्रुबाट बढी भाडा लिने २० जना पक्राउ

यात्रुबाट बढी भाडा लिने २० जना पक्राउ

नेपालखबर
चैत ९, २०७६ आइतबार १२:५५,

ट्राफिक प्रहरीले यात्रुबाट बढी भाडा आशुल गर्ने २० जनालाई आइतबार पक्राउ गरेको छ।

कोरोनाको संक्रमणको त्रासका कारण उपत्यका बाहिर जाने यात्रुहरू वृद्धि भईरहेको मौकाको फाइदा उठाई सार्वजनिक बसहरूमा बढी भाडा लिई टिकट बेच्ने २० जना व्यक्तिहरूलाई ट्राफिक महाशाखाको टोलीले पक्राउ गरेको जनाएको छ।

ट्राफिक प्रहरी आफै यात्रु बनेर जाँदा बढी भाडा लिएको पाइएपछि ती चालकलाई कारबाही गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले जानकारी दिए। यात्रुहरूलाई सुरक्षित र सहज बनाउनको लागि ट्राफिक प्रहरी आफैं यात्रु बनेर र ट्राफिक प्रहरीको हटलाईन १०३ मा आएको गुनासोका आधारमा उक्त स्ट्रिङ अप्रेशन चलाएको महाशाखाका प्रमुख ढकालले बताए।

पक्राउ पर्नेहरूमा रूपेश कार्की, सन्तोष श्रेष्‍ठ, गोबिन्द बुढाथोकी, देविन्द्र कार्की, कमल गुरुङ, लाल बहादुर भुजेल, रोशन राणा कुवँर, कृष्ण पराजुली, पारस गौतम, सुरेश क्षेत्री, संजय उप्रेती, तिलक लामा, गौतम तामाङ, मानसिंह रूम्वा, कर्ण थिङ, आकाश लामा, सुदर्शन रसाईली, शुक्र लामा, दिनेश शाह र जयन्द्र कुमार शाही रहेका छन्। यी व्यक्तिहरुलाई नयाँ बसपार्क, कोटेश्वर, बल्खु, चावहिल र गौशालाबाट पक्राउ गरिएको हो ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले पक्राउ पर्नेहरूले गाडी चढ्नु अघि कतिपय यात्रुलाई कन्भिन्स गरेर पैसा ठग्ने गरेको, एउटै टिकट २ जनालाई बेच्ने गरेको र कतिपयलाई बढी भाडा नतिरे नलैजाने गरेको पाइएकोले पक्राउ गरिएको जानकारी दिए।

ट्राफिक प्रहरी महाशाखाले चैत ७ गते ९ जना र ८ गते १७ जना व्यक्तिलाई पक्राउ गरि आवश्यक कारवाहीको लागी विभिन्न प्रहरी वृत्तहरूमा बुझाईसकेको छ भने हाल सम्म यो संख्या ४६ जना पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .