बाहुबली सिमेन्ट प्रालिले कोरोना भाइरस संक्रमणबाट बच्न मास्क र स्यानिटाइजर वितरण गरेको छ।
काठमाडौं उपत्यकाका बढी भिडभाड हुने स्थानमा मास्क र स्यानिटाइजर वितरण गरिएको कम्पनीले जनाएको छ।
‘हामी चाहन्छौं देश कोरोनाको त्रासबाट आक्रान्त भैरहेको यस घडीमा यहाँका नागरिकहरुलाई सीमित संख्यामै भएपनि मास्क र स्यानिटाइजर वितरण गरेर उनीहरुको स्वास्थ्य सुरक्षित बनाउन सकौं। देशको एक उद्या्ेग भएको नाताले यो हाम्रो सामाजिक दायित्व पनि हो, देशलाई परेको बेलामा साथ दिन हामी कहिल्यै पछि पर्ने छैनौं।’ बालाजी सिमेण्ट इण्डष्ट्रिज प्रा.लि.का प्रवन्ध निर्देशक गौरव गाडियाले भने।
कपिलवस्तुको चन्द्रौटामा कारखाना रहेको छ कम्पनीले प्रत्येक दिन २००० टन सम्म सिमेन्ट उत्पादन गर्ने क्षमता राख्दछ। देशैभर व्यापक बिक्री सञ्जाल भएको हुँदा सिमेण्टको उपलब्धता सहज र सुलभ छ। कम्पनीले अत्याधुनिक प्रविधिभि आरएम प्रविधिको प्रयोग गरेर सिमेण्ट उत्पादन गर्ने गरेको छ।
बालाजी सिमेन्टको उत्पादन बाहुबली सिमेण्ट ओपीसी, पीपीसी र पीएसी गरी ३ विविधतामा पाइन्छ, जसको माग उपभोक्ताहरुमाझ अधिक रहँदै आएको छ।
प्रतिक्रिया