ad ad

समाज


न्युयोर्कको जेलमा २१ कैदीसहित ३८ जनालाई कोरोनाको संक्रमण

न्युयोर्कको जेलमा २१ कैदीसहित ३८ जनालाई कोरोनाको संक्रमण

नेपालखबर
चैत ९, २०७६ आइतबार १२:५२,

रिकर्स आइल्याण्ड जेलमा २१ कैदी र १७ जना जेलका कर्मचारीमा कोरोनाको संक्रमण भएको जेलका अधिकारीहरुले बताएका छन्।

हालैका दिनमा अमेरिकामा कोरोनाको त्रासपछि कैदीसँग कसैलाई भेट्न दिइएको छैन।

अमेरिकी सरकारले आफ्नो देशमा रहेका केन्द्रीय र प्रान्तीय जेलहरुमा रहेका कैदीबन्दीलाई आगन्तुकले भेट्न नपाउने नियम बनाएको छ।

तथ्यांकअनुसार अमेरिकामा २० लाख २० हजार मानिसहरु विभिन्न आपराधिक घटनामा दोषी सावित भएर जेल जीवन विताइरहेका छन्।

जेलमा कोरोनाको संक्रमण देखिएपछि यतिबेला कैदी र कैदीका परिवारहरु त्रसित बनेका छन्।

कोरोनाको त्राससँगै इरानले भने ७५ हजार कैदीलाई अस्थायी रुपमा घर पठाइसकेको छ।

अमेरिकामा हालसम्म २६ हजार ९०५ कोरोनाबाट संक्रमित बनेका छन्। यहाँ ३४८ को मृत्यु भइसकेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .