दिल्ली सरकारले बिहीबार आगामी मार्च ३१ सम्म सिनेमा हल बन्द गर्न निर्देशन दिएको भारतीय समाचार संस्था एएनआइले जनाएको छ।
बिहीबारसम्म भारतमा ७३ जनाामा कोरोनाको संक्रमण देखिएको छ।
हालसम्म भारतमा कोरोनाका कारण कुनै व्यक्तिको मृत्यु भएको छैन। हाल त्यहाँ ६९ जनालाई कोरोना भएको आशंका गरिएको छ। उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ।
भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कोरोना भाइरसको महामारी रोक्न भन्दै भारतले यतिबेला विश्वकै सबैभन्दा कठोर कदम उठाएको छ।
— ANI (@ANI) March 12, 2020Delhi Chief Minister Arvind Kejriwal: All cinema halls to remain shut in Delhi till 31st March. Schools and colleges where exams are not being held will also remain closed. #CoronaVirus pic.twitter.com/pbuB1JNFnW
कोरोना भाइरस नियन्त्रणका लागि भन्दै विभिन्न देशले विभिन्न देशमा आवतजावतमा रोक लगाइरहेका बेला छिमेकी मुलुक भारतले भने विश्वका कुनै पनि मुलुकका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ।
उसले विदेशमा रहेका आफ्ना नागरिकलाई समेत शुक्रबारदेखि मुलुक छिर्न नदिने घोषणा गरेको छ। एजेन्सी
Shares

प्रतिक्रिया