अर्थमन्त्री युवराज खतिवडाले प्रहरीमा उजुरी गरेका छन्।
अर्थमन्त्री खतिवडाले आफ्नो फेसबुक तथा टुइटर पेज नभएको तर आफ्नो नाम र तस्बिर प्रयोग गरी सामाजिक सञ्जालमा पेज खोलिएको भन्दै प्रहरीमा उजुरी गरेका हुन्।
अर्थमन्त्री खतिवडाले आफ्नो ‘फेक’ पेजमाफर्त दैनिकजसो विभिन्न सामग्री प्रकाशित हुन थालेपछि प्रहरीमा उजुरी गरेका हुन्।
यस्ताे छ अर्थमन्त्रीकाे नक्कली फेसबुक पेज

अर्थमन्त्रीका प्रेस संयोजक यमन पौडेलका अनुसार प्रहरी साइबर क्राइम ब्यूरो र सीआईबीमा मौखिक उजुरी गरिएको जानकारी दिए। उनका अनुसार अर्थमन्त्रीले लिखित उजुरी भोलि शुक्रबार दिने तयारी गरेका छन्।
3
Shares

प्रतिक्रिया