समाज


चीनमा नजरबन्दमा रहेकी उइगर मुस्लिम महिलाको सन्देश ट्वीटरमा सार्वजनिक

चीनमा नजरबन्दमा रहेकी उइगर मुस्लिम महिलाको सन्देश ट्वीटरमा सार्वजनिक

नेपालखबर
फागुन १४, २०७६ बुधबार ८:१०,

‘म यहाँबाट निस्केर मेरा श्रीमान्‌सँगै हुन चाहन्छु’ मङ्गलबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा पोस्ट गरिएको एउटा हस्तलिखित पत्रको तस्बिरमा उल्लेख गरिएको छ।

उक्त पत्र लेख्ने नादिला वुमैर चीनमा रहेका उइगर मुस्लिम अल्पसङ्ख्यक समुदायकी सदस्य हुन् जो चीनको पश्चिमी क्षेत्र सिन्जियाङमा आफ्ना दुई वर्षे छोरासहित नजरबन्दमा रहेको बताइएको छ।

एउटा अस्ट्रेलियन टेलिभिजनमार्फत्‌ एक चिनियाँ अधिकारीले उनी आफ्नै इच्छाले चीनमा बसिरहेको बताएपछि आफ्नो सन्देश थाहा होस् भनेर वुमैरले त्यस्तो गरेकी हुन्।

उनका श्रीमान्‌ सदाम अब्दुसलामले ती चिनियाँ अधिकारीको दाबीलाई सोही कार्यक्रममा प्रश्नोत्तर गर्न पाइने बेला चुनौती दिएका थिए।

अब्दुसलामले आफ्नी पत्नीको रिहाइको माग गर्दै महिनौँदेखि अभियान चलाउँदै आएका छन्।

वुमैर अस्ट्रेलियाली नागरिक नभए पनि उनका पति र छोरा भने त्यहाँका नागरिक हुन् जसकारण अस्ट्रेलियाले आधिकारिक रूपमा उनीहरूलाई चीनबाट बाहिरिन दिइनुपर्ने माग गरेको थियो।

‘मेरा छोरा अस्ट्रेलियाली नागरिक हुन् र उनीसँग अस्ट्रेलियाको राहदानी छ। मैले उसलाई अहिलेसम्म भेट्न पाएको छैन’ अब्दुसलामले कार्यक्रमका बीच बताएका थिए।

‘उनीहरू म भएको ठाउँमा आउन भनेर अस्ट्रेलिया सरकारले मेरी श्रीमतीलाई भिसा दिएको छ। तर चिनियाँ सरकारले उनलाई निस्कन दिने छैन’ अब्दुसलामले भने।

अधिकारवादी समूहहरूले चीनले करिब १० लाख उइगर र अन्य मुस्लिमलाई थुनामा राखेको बताउँदै आएका छन्।

तर चीनले आफूहरू आतङ्कवाद र धार्मिक अतिवादसँग लडिरहेको भन्दै कुनै किसिमको गलत काम नगरेको बताउने गरेको छ।

वुमैरको विषयमा भने चिनियाँ अधिकारीहरूले प्रतिक्रिया जनाएका छैनन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad