हङकङमा एकै परिवारका ९ जनालाई कोरोना भाइरस संक्रमण भएको छ।
आपसमा जुठो खाना आदानप्रदान गरेपछि उनीहरूलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो।
साउथ चाइना मर्निङ पोस्टले लेखेअनुसार एकै परिवारका उनीहरूले आपसमा हटपट र बार्बेक्यु खाना साटासाट गरेर खाएका थिए।
यही जनवरी २६ मा हङकङकाे कुवुन टोङस्थित लेन्टो पार्टी कोठामा भेला भई एकै परिवारका ती ९ जनाले खानपान गरेका थिए।
तर तीमध्ये पहिले कसलाई संक्रमण थियो र सबैलाई सर्याे अथवा त्यो खानामै भाइरस थियो भन्ने विषयमा विस्तृत खुलाइएको छैन।
हङकङका स्वास्थ्य अधिकारीहरूले कोरोना सार्ने माध्यम पत्ता लगाउन निकै चुनौती रहेको बताएका छन्।
उनीहरूका अनुसार यसको संक्रमण भएपछि सुरुमा केवल हल्का फ्लुजस्तो लक्षण देखापर्न सक्छ।
याे पनि : कोरोना : हङकङमा ४ दिनदेखि क्रुजमै कैद सयौं यात्रुले बल्ल पाए मुक्ति
Shares

प्रतिक्रिया